घरको छतबाट लडेर एकजनाको मृत्यु

घरको छतबाट लडेर एकजनाको मृत्यु

ladera mrityu

चितवन । चितवनमा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका–३, इनारबरुवाका ६३ वर्षीय रामनाथ महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार बेलुका करिब ७ बजे उनी आफ्नै पक्की घरको एक तलामाथि छतबाट लडेर घाइते भएका थिए ।

उपचारका क्रममा बघौडा अस्पतालमा उनको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ