सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

Gold sun

पोखरा । नेपाली बजारमा आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ।

महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेर तोलाको १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

ट्रेन्डिङ


This will close in 3 seconds