चितवनमा २४ वर्षीय युवकको हत्या

चितवनमा २४ वर्षीय युवकको हत्या

Hatyaa

सांकेतिक तस्विर

चितवन । चितवनको खैरहनी नगरपालिकामा–२ चैनपुरमा एक जना युवाको हत्या भएको छ ।

आज बिहान करिब ७ बजे हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णकान्त खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ