पोखराको चाउथेबाट लागु औषधसहित दुई जना पक्राउ

पोखराको चाउथेबाट लागु औषधसहित दुई जना पक्राउ

Green and White Minimalist Nature Travel Vlog Youtube Thumbnail

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१४ चाउथेबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा -५ मालेपाटन बस्ने वर्ष २५ को दिपेश श्रेष्ठ र पोखरा -८ बगालेटोल बस्ने वर्ष ३३ को आशिष खान बैठान छन्।

विशेष सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले उनीहरुको साथबाट लागु औषध नाईट्रोभ्याट ४३२ ट्याब्लेट, मोवाईल २ थान र ग ३ प ८४०१ नम्बरको मोटरसाइकल सहित शनिबार पक्राउ गरेको हो।

उनीहरुमाथि लागु औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ