गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Bhakata-raj-acharaya

काठमाण्डौ। वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। आचार्यको आइतबार ८१ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि आचार्यलाई ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएकोमा उनको बाटैमा निधन भएको हो।

धनकुटामा जन्मिएका आचार्य भजन शिरोमणिको उपनामबाट परिचित थिए। आचार्यले गाएका हजार सपनाहरुको, जति चोट दिन्छौँ, मुटु जलिरहेछ लगायतका गीतहरु चर्चित छन्। उनले झन्डै ४०० गीतमा स्वर तथा संगीत दिएका छन्।

आचार्यका दुई सन्तान सत्य राज आचार्य र स्वरूप राज हुन्। उनीहरुले पनि नेपाली संगीतको क्षेत्रमा छुट्टै पहिचान बनाइसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ