पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगितामा मदरल्याण्ड मावी, प्रतिभा मावी, गण्डकी बोर्डिङ स्कुल र अमरसिंह मावि सेमिफाइनल प्रवेश गरेका हुन् ।
बि–बग इभेन्ट्सको आयोजना र एक्स्पर्ट एजुकेसन एण्डा भिसा सर्भिस पोखराको प्रायोजनमा भएको प्रतियोगितामा सेमिफाइनल खेल मंगलबार हुनेछ ।
पहिलो सेमिफानइलम मदरल्यान्ड र प्रतिभा मावीबिच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइलनमा गण्डकी बोर्डिङ र अंमरसिंह मावि भिड्नेछन् । सेमिफाइनल खेलका विजेताले बुधबार उपाधि भिडन्त तय गर्नेछन् ।
सोमबार भएको खेलमा प्रतिभा माविले कुमुदिनी होम्सलाई ९ विकेटले पराजित गर्दै सेमिफाइनल स्थान सुरक्षित गरेको हो ।
अंमरसिंहले नेपाल भारतमैत्री विद्यालयलाई ६८ रनले पराजित गर्दै सेमिफाइलनमा प्रवेश ग¥यो । मदरल्यान्ड र गण्डकी बोर्डिङ यसअघि नै सेमिफाइलन प्रवेश गरिसकेका थिए ।
पहिलो खेलमा कुमुदिनीले दिएको ३६ रनले लक्ष्य प्रतिभाले २ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । प्रतिभाका लागि रोशन पौडेल, निश्चल श्रेष्ठले ९/९ र बब्लु शाहले ६ रन बनाए । बलिङमा कुमुदिनीका लक्की गुप्ताले एक विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको कुमुदिनी ९ ओभर ४ बलमा ३५ रनमा समेटिएको थियो । कुमुदिनीका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा प्रतिभाका सन्देश गिरीले सर्वाधिक ५ विकेट लिए । सन्देश प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा अंमरसिंहले दिएको १०५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल भारतमैत्री मात्र ३६ रनमा समेटियो ।
अंमरसिंहका बलरसामु नेपाल भारतमैत्रीका लागि कुनै पनि ब्याटर जमेर खेल्न सकेनन् । अंमरसिंहका सत्कार चालिसे, कृतज्ञ अधिकारी, प्रसन्न भण्डारी र कल्यान कुमालले २/२ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको अंमरसिंहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।
अंमरसिंहका बिमोचन सापकोटाले सर्वाधिक ३० रन जोडेका थिए । बलिङमा नेपाल भारतमैत्रीका लागि अलोक गुप्ताले ३ विकेट लिए । सुमन पन्त प्लेयर अफ द म्याच चुनिए ।
प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागी थिए । उपाधि विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट प्राप्त गर्नेछन् ।
उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछन् ।
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो