नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

sabitra_bhandari

पोखरा । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । हिजो साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

खेलको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा रानाले आत्मघाती गोल गरेपछि लेबनानले अग्रता लिएको थियो ।

७५ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । दोस्रो हाफको अतिरिक्त समयमा प्रीति राईले गोल गर्दै नेपाललाई २–१ गोल अन्तरले जित दिलाएकी थिइन् ।

नेपालले अब भोलि हुने फाइनलमा उपाधिका लागि साविक विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपाल समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds