नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

sabitra_bhandari

पोखरा । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । हिजो साउदी अरबको जेद्दास्थित प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा भएको सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो ।

खेलको ३८ औं मिनेटमा नेपालकी डिफेन्डर पूजा रानाले आत्मघाती गोल गरेपछि लेबनानले अग्रता लिएको थियो ।

७५ औं मिनेटमा नेपालकी सावित्रा भण्डारीले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा पुर्‍याए । दोस्रो हाफको अतिरिक्त समयमा प्रीति राईले गोल गर्दै नेपाललाई २–१ गोल अन्तरले जित दिलाएकी थिइन् ।

नेपालले अब भोलि हुने फाइनलमा उपाधिका लागि साविक विजेता जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

जोर्डनले पहिलो सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को जित निकाल्दै फाइनल प्रवेश गरेको हो । जोर्डन साविक विजेतासँगै प्रतियोगिताको ५ पटकको विजेता हो । नेपाल समूह चरणमा तीन वटै खेलमा जित दर्ता गर्दै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ