मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]

गीत संगीत

मदन र मायाको `पिरैले सुकाउँछ ज्यान´ सार्वजनिक [भिडियो]

सागर लम्साल(बले) र जुना विश्वकर्मा फिचर्ड

मदन परियार र माया प्राधेको स्वरमा रहेको `पिरैले सुकाउँछ ज्यान´ बोलको गीत `माया प्राधे´ युट्युब च्यानलबाट भिडियो सहित सार्वजनिक गरिएको छ ।

दुई हप्ता अगाडि मात्र सार्वजनिक भएको उक्त गीतको शब्द कोरेका श्रीकृष्ण बम मल्ल आफैंले गीतमा संगीत समेत भरेका छन् भने एरेन्ज साहस शाक्यले गरेका छन् ।

सागर लम्साल(बले) र जुना विश्वकर्माले अभिनय गरेको उक्त भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

छोटो समयमै धेरैले गीत राम्रो बनेको प्रतिक्रिया आएको र प्रारम्भिक समयमै लाखौं दर्शक स्रोताले मन पराइदिएर राम्रो रेस्पोन्स पाएको गायक परियारले बताए ।

नवराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ