विश्वकै नवौँ र एसियाका सर्वाधिक धनी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाहका लागि भारतको गुजरातस्थित जामनगर शहरलाई केही दिनयता धमाधम सिँगार्ने काम भइरहेको छ ।
शहरका सडक, भित्ता,होर्डिङ बोर्डहरु सफा गरिँदै छ भने खाली जमिनमा फूल,बिरुवा,दुबो रोप्ने र झिलिमिली बत्ती लगाइँदैछ ।
अनन्तले आफ्नै बाल्यकालको साथी राधिका मर्चेन्टसँग लगनगाँठो कस्दै छन् । विवाहको औपचारिक कार्यक्रम आगामी जुलाई १२ का लागि तय गरिएको छ । तर मार्च १ देखि ३ गतेसम्म (आउँदो शुक्रबार,शनिबार र आइतबार) प्रि-वेडिङ समारोह हुँदैछ, रिलायन्सको आफ्नै ग्रिन्स कम्प्लेक्समा ।
रोचक कुरा त के छ भने, मुकेशले छोराको विवाहलाई विश्वकै सर्वाधिक महंगो गराउँदैछन् । दैनिक भाष्करका अनुसार अम्बानी परिवारले करिब १५ सय करोड खर्च गर्दैछ ।
केही दिनयता भारतीय मिडियामा विवाहको कार्डले विशेष प्राथमिकता पाइरहेको छ । दैनिक भाष्करका अनुसार मुकेशले विश्वका शीर्ष धनी व्यक्ति, चर्चित कलाकार, नेता, खेलाडीलगायतलाई निमन्त्रना कार्ड पठाएपछि मिडियामा चर्चा पाएको हो ।
माइक्रोसफ्टका संस्थापक बिल गेट्स, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, अल्फावेट अर्थात गुगलका सिइओ सुन्दर पिचाई,मेक्सिकोका सर्वाधिक धनी व्यवसायी मैग्नेट कार्लोस स्लिम, सऊदी अरबका अध्यक्ष यासिर अल रुमैयान, भूटानका राजारानी, कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान लगायत पाँचसय भन्दा बढी नेता र व्यवसायीहरु विभिन्न देशबाट भोलिसम्ममा भारत पुग्ने जनाइएको छ ।
तीन दिनसम्म चल्ने प्रि-वेडिङ समारोहमा बलिउडका हस्तीहरु अमिताभ वच्चन, रजनीकान्त,शाहरुख खान,सलमान खान, आमिर खान, अक्षय कुमार, माधुरी दिक्षित, ऐश्वर्या राय बच्चन, अजय देवगन,काजोल, रणविर सिंह,दिपिका पादुकोण,रणविर कपुर, आलिया भट्ट,बिक्की कौशल, कट्रिना कैफ लगायत ३ सयभन्दा बढी चर्चित कलाकारहरु पनि सहभागी हुँदैछन् ।
चर्चित क्रिकेटरहरु सचिन तेन्दुल्कर, एमएस धोनी, रोहित शर्मा, केएल राहुल र विराट कोहलीलाई पनि निमन्त्रणा कार्ड पठाइएको छ । उक्त समारोहमा सांगीतिक प्रस्तुतिका लागि चर्चित गायिका रिहानालाई अम्बानीको निजी विमानमा अमेरिकाबाट भारत ल्याइँदैछ । दैनिक भाष्करका अनुसार रिहानाले करिब ४ घण्टा आफ्नो प्रस्तुति दिनेछिन् । त्यसपछि भारतकै चर्चित गायकहरु अर्जित सिंह, प्रितम लगायतले गीत गाउने छन् ।
समारोहको लागि २५ सय प्रकारका परिकार तयार गरिने छ भने, एकैचोटी २ सय जनाले भोजन गर्नसक्ने छन् ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन