वाफ वुमन्स च्याम्पियनसिप उपविजेता टोलीका खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने

वाफ वुमन्स च्याम्पियनसिप उपविजेता टोलीका खेलाडीलाई एन्फाले जनही ५१ हजार दिने

football-girl

पोखरा । वाफ वुमन्स च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघ एन्फाले जनही ५१ हजार रुपैयाँ दिने भएको छ ।

शुक्रबार राति स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले टोलीका खेलाडीहरुलाई ५१–५१ हजार प्रदान गर्ने घोषणा गरेका हुन् ।

पहिलो पटक वाफ वुमन्स च्याम्पियनसिप खेलेको नेपाली टोली फाइनलमा जोर्डनसँग पेनाल्टीसुटआउटमा ५–३ ले पराजित हुँदै उपविजेता बनेको थियो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ