पोखरामा मोटरसाइकल दुर्घटना, कैलालीका दुई युवाको मृत्यु

दुर्घटना

पोखरामा मोटरसाइकल दुर्घटना, कैलालीका दुई युवाको मृत्यु

mahesh-shailendra-accident-780×470

पोखरा। मोटरसाइकल दुर्घटनामा परी पोखरामा शनिबार बिहान दुई जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका -७ बुलौंदीको ओरालोमा सडक डिभाईडरमा ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

मृत्यु हुनेमा कैलालि जिल्ला सोरहनपुर गाउँपालिका- ३ घर भएका २८ वर्षीय महेश आचार्य र जानकी गाउँपालिका -३ निवासी ३० वर्षीय शैलेन्द्र कुमार उपाध्याय छन्।

प्रहरीका अनुसार बा.प्र०२-०३४प५६२१ नम्वरको बुलेट मोटरसाइकल हल्लनचोकबाट जिरो किलोमिटरतर्फ जाँदै गर्दा बिहान अन्दाजी ३:४५ बजे सडक डिभाईडरमा ठोक्किएको थियो।

दुर्घटनामा दुबैको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनीहरूलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएपनि उपचारका क्रममा आचार्यको ४:१४ बजे र उपाध्यायको ४ :४५ बजे मृत्यु भएको अस्पताललाई उद्दृत गर्दै प्रहरीले जनाएको छ।

हाल दुबैको शव पोष्ट मार्टमका लागि गण्डकी मेडिकल अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds