लमजुङको बेसीसहर–चामे सडक आज दिउँसो २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने

लमजुङको बेसीसहर–चामे सडक आज दिउँसो २ बजेदेखि भोलि बिहान १० बजेसम्म बन्द हुने

सङकेतिक चिन्ह

लमजुङ । लमजुङ र मनाङलाई जोड्ने बेसीसहर–चामे सडक आज दिउँसोदेखि भोलि बिहानसम्म बन्द हुने भएको छ ।

नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि भोलि बिहान १० बजेसम्मका लागि सडक बन्द गर्न लागेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

सडकको ढलान भत्किएर जोखिम भएकाले बन्द गरेर मर्मतको काम हुँदैछ । यो अवधिमा गाडी आउजाउ ठप्प हुनेछन् । डुम्रे–बेसीसहर–चामे सडक योजना कार्यालयका इन्जिनियर सुमन अधिकारीले दानाक्यु नजिकै कल्भटको वरिपरि भत्किएको र बाटोमा ढुङ्गा निस्किएकाले मर्मत गर्न लागिएको बताए।

मनाङलाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली–तनहुँ शाखाले बेसीसहर–चामे सडक निर्माण अघि बढाएको थियो । नेपाली सेनाले २०६९ सालमा सडक निर्माण गरी सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । यो सडक ६५ किलोमिटरमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ