पोखरा । बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ ।
प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते ।
४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५, ७–५ को नतिजा निकालेको थियो । त्यस्तै, लोक गुरुङ्ग र धरमबहादुर लामिछानेको जोडीले ५५ वर्ष माथिको डबल्समा स्वर्ण जिते । उनीहरुले फाइनल खेलमा बिमल वाइबा र हिमाल शाहको जोडीलाई ३–६, ७–५ र १०–६ ले पराजित गरेका थिए ।
३५ वर्ष माथिको डबल्समा अनिल शाही र सिमान्त गुरुङ्गको जोडीले सन्तोष खत्री र सन्जय श्रेष्ठको जोडीलाई ६–३, ६–३ ले पराजित गर्दै प्रथम स्थान हाँसिल गरे । मेन्स डबल्सतर्फ आशिष खड्का र आयुष्मान घले जोडीले स्वर्ण जिते । उनीहरुले सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–४, ६–२ को स्कोरमा पराजित गर्दै उपाधी जितेका हुन् । ४५ वर्ष माथि सिंगलतर्फ गोपीबहादुर भट्टराईले दोश्रो स्थान हाँसिल गरे । फाइनल खेलमा उनी कमल भण्डारीसंग ६–१, ६–१ ले पराजित हुन पुगेका थिए ।
जित पछि प्रतिक्रिया दिंदै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङले यो पोखराका लागि ऐतिहाँसिक सफलता भएको बताए । ‘यो टुर्नामेण्टमा प्राप्त पदकले अब पोखरा टेनिसमा पछि छैन भन्ने प्रमाणित गरेको छ’–गुरुङले भने ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’