सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य २ हजार रुपैयाँले बढ्यो

gold_

पोखरा । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत हप्ता शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ट्रेन्डिङ


This will close in 3 seconds