पोखरा। जुवातास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले नगदसहित पक्राउ गरेको छ।
पोखरा महानगरपालिका -८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेका उनीहरूलाई शनिबार साँझ प्रहरीले नगदसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने बर्ष ४० का रमेश शाह, भारतको बिहार घर भई हाल सभागृहचोक बस्ने बर्ष ३५ का उपेन्द्र चौधरी, बर्ष २५ का मुकेश शाह, बर्ष ३४ का राकेश शर्मा, सप्तरी घर भइ हाल सभागृहचोक बस्ने बर्ष २७ का सुजित चौधरी र पोखरा-१४ चाउथे बस्ने बर्ष ४३ का ग्यारेज सञ्चालक गोपाल बस्नेत छन् ।
प्रहरीले उनीहरूको साथबाट १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ र ३ हजार २ सय भारतीय रूपैयाँ बरामद गरेको छ।
पक्राउ परेकाहरुबिरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी