पोखरामा ग्यारेजमा जुवा खेलिरहेका ६ जना झन्डै डेढ लाखसहित पक्राउ

जुवा तास

पोखरामा ग्यारेजमा जुवा खेलिरहेका ६ जना झन्डै डेढ लाखसहित पक्राउ

को-को हन् ?

juwataa

पोखरा। जुवातास खेलिरहेका ६ जनालाई कास्की प्रहरीले नगदसहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ सभागृह चोकस्थित गोपाल बस्नेतको मोटरसाइकल ग्यारेजमा जुवातास खेलिरहेका उनीहरूलाई शनिबार साँझ प्रहरीले नगदसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त ग्यारेजमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. ८ सभागृह बस्ने बर्ष ४० का रमेश शाह, भारतको बिहार घर भई हाल सभागृहचोक बस्ने बर्ष ३५ का उपेन्द्र चौधरी, बर्ष २५ का मुकेश शाह, बर्ष ३४ का राकेश शर्मा, सप्तरी घर भइ हाल सभागृहचोक बस्ने बर्ष २७ का सुजित चौधरी र पोखरा-१४ चाउथे बस्ने बर्ष ४३ का ग्यारेज सञ्चालक गोपाल बस्नेत छन् ।

प्रहरीले उनीहरूको साथबाट १ लाख ४० हजार ४ सय ५० नेपाली रूपैयाँ र ३ हजार २ सय भारतीय रूपैयाँ बरामद गरेको छ।

पक्राउ परेकाहरुबिरुद्ध आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट जुवासम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ