विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना, एक बालिकाको मृत्यु, १५ घाइते

दुर्घटना

विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना, एक बालिकाको मृत्यु, १५ घाइते

accdent

आफन्तको विवाहमा जाँदै गरेकाे गाडी धनकुटाको चुङमाङ्गमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् ।

घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट अमिताब ठाकुरले जानकारी दिए ।

अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दिउँसो करिब ३ बजे दुर्घटनामा परेको थियो । गाडीमा १७ जना सवार रहेको थिए ।

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेका छन् । मृतक बालिकाकाे नाम खुलेको छैन । घाइते हुनेमा नेत्र कार्की, इन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, देवी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए ।

क्षमता भन्दा बढी यात्रु बोकेको गाडीको चक्का पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ