पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

pak pm

इस्लामावाद । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित भएका छन् । उनी पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता हुन् ।

गठबन्धनको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री शरीफ राष्ट्रियसभा (नेसनल एसेम्ब्ली)बाट दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित भएका हुन्।उनी दोस्रो पटक सरकारको नेतृत्व गर्दैछन् । पाकिस्तानको उनी २४ औँ प्रधानमन्त्री हुन् ।

आइतबार ३३६ सदस्यीय संसदमा प्रधानमन्त्रीका लागि भएको निर्वाचनमा शरीफले २०१ मत प्राप्त गरेका हुन् । उनका प्रतिस्पर्धी उमर अयुवले ९२ मत प्राप्त गरे । अयुव पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान समर्थित हुन् ।

पाकिस्तानमा हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले प्रस्ट बहुमत हासिल गर्न नसक्दा पाकिस्तान मुस्लिम लिग (नवाज) र पाकिस्तान पिपल्स पार्टीबिच गठबन्धन बनी सरकार गठन भएको हो ।

योसँगै पाकिस्तानी जेलमा रहेका विपक्षी नेता इमरान खानसमर्थित नेताहरूलाई सरकारमा पुग्न नदिने योजनामा गठबन्धनलाई सफलता मिलेको छ।

निर्वाचनको परिणाम घोषणा गर्दै नेसनल एसेम्बलीका नवनियुक्त सभामुख सरदार अयाज सादिकले भने, “शहबाज सरिफ इस्लामिक गणतन्त्र पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ।”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ