नेपाल विद्यार्थी संघ, पोखरा महानगरपालिकाद्वारा आयोजित प्रथम वि.पि. स्मृति खुल्ला फुटसल कपको उपाधि मिलन टोलले जितेको छ ।
१६ टिमको सहभागिता रहेको प्रतियाेगिताको फाइनल खेलमा मिलन टोलले फ्रेस इलिमेन्टसलाई ३–१ गोलले पराजित गर्दै उपाधि सहित नगद ५५ हजार ५ सय ५५ हात पारेको हो ।
उपविजेता टोलीले नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथै, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्चतम् गोलकर्तालाई समेत ट्रफीका साथ पुरस्कृत गरिएको थियो ।

गण्डकी प्रदेश सभासदस्य प्रकाश बरालले उद्घाटन गरेको प्रतियोगिताको समापन नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गरेका थिए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ, नेपाली काँग्रेस कास्कीका सचिव भानु ढकाल, क्षेत्रीय सहसचिब सितल अधिकारी, नेवि संघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एन।आर।एन।ए जापानका सचिब दिपेश केसी लगायत सहभागी थिए । लगायत ब्यक्तित्वहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
नेवि संघ पोखरा महानगरपालिका कार्यसमितिका सभापति विपिन पौडेलले प्रथम वि।पि। स्मृति फुटसल कप सम्पन्न गर्न सहयोग गरेका सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरे ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह