प्रचण्ड–ओलीबीच आजै दुई पटक छलफल, देउवाले पनि काँग्रेसबाट बनेका मन्त्री भेटे

प्रचण्ड–ओलीबीच आजै दुई पटक छलफल, देउवाले पनि काँग्रेसबाट बनेका मन्त्री भेटे

राजनीतिक घटनाक्रम फेरबदलकाे संकेत

OLi dahal

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज एकै दिन दुईपटक भेटवार्ता भएकाे छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच छलफल जारी छ । प्रचण्डसँग छलफलका लागि एमाले अध्यक्ष ओली महासचिव शंकर पाेखरेललाई समेत साथमा लिएर बालुवाटार पुगेका हुन् ।

आज बिहान पनि प्रचण्ड र ओलीबीच भेटवार्ता भएकाे थियाे । आजै साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नाे पार्टीबाट सरकारमा मन्त्री रहेकाहरूसँग छलफल गरेका छन् ।

नेताहरूकाे याे सक्रियताले राजनीतिक घटनाक्रम फेरबदलकाे संकेत दिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds