गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

NP-Saud

परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो ।

उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्तारुढ गठबन्धनमा समस्या भएपछि मन्त्री साउदको भ्रमण स्थगित भएको स्रोतले बतायो ।

मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्यूरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका थिए । उनले संसदीय समितिले छोटो समयमै बोलाउँदा पनि विदेश भ्रमण तयारी छोडेर आएको बताएका थिए । उनले आफू चार दिने भ्रमणमा फिनल्यान्ड जान लागेको जानकारी दिएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ