गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

गठबन्धनमा समस्या आएपछि परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण स्थगित

NP-Saud

परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो ।

उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ । सत्तारुढ गठबन्धनमा समस्या भएपछि मन्त्री साउदको भ्रमण स्थगित भएको स्रोतले बतायो ।

मन्त्री साउदले उक्त फोरममा ग्लोबल कोअडिनेसन ब्यूरो अफ द लिस्ट डेभलप कन्ट्रिज (अतिकम विकसित मुलुक–एलडीसी) को अध्यक्षको हैसियतमा उद्घाटन सत्रमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो ।

परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका थिए । उनले संसदीय समितिले छोटो समयमै बोलाउँदा पनि विदेश भ्रमण तयारी छोडेर आएको बताएका थिए । उनले आफू चार दिने भ्रमणमा फिनल्यान्ड जान लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds