काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफूलाई नेपाली कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताएको छ । उक्त अफरलाई आफूहरुले भने अस्वीकार गरेको रास्वपाको दाबी छ ।
यसबारेमा नेपाल भ्युजसँग कुरा गर्दे रास्वपाका प्रवक्त मुकुल ढकालले भने,”अफर आएको हो । तर, वर्तमान गठबन्धन छाडेर कहीँ लाग्दैन रास्वपा । यो मिडिया ट्रायल पनि हुनसक्छ । अहिले गठबन्धनमा ८ बुँदे सहमति भइसकेको छ ।”
गृह मन्त्रालय नछाड्ने दाबी रास्वपाको रहेको छ । रास्वपाले गृहमन्त्रालय सहित ४ मन्त्रालय दाबी गरेको छ । गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा दाबी रहने रास्वपाको अडान रहेको छ ।
मन्त्रालय बाँडफाँटका लागि नयाँ बनेको सत्ता गठबन्धनले एमालेबाट महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. वाग्ले र जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ सहितको कार्यदल गठन गरेको छ ।
गृहमा अन्य दलको पनि दाबी रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई मनाउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएका छन् ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण