फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरुमा समस्या

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर लगायत मेटाका एपहरुमा समस्या

Meta social

फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, थ्रेड लगायत मेटाका एपहरुमा समस्या आएको छ । ती एप्लीकेशनहरु अचानक बन्द वा लग आउट भएका छन् । बुधबार साँझ ९ बजेपछि लगइनमा समस्या देखिएको हो ।

प्रयोगकर्ताहरुले एकाएक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् ।

विश्वभरका प्रयोगकर्ताहरुले यस्तो समस्या देखिएको बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही बताइसकेको छैन ।

कतिपय प्रयोगकर्ताहरु आफ्ना फेसबुक लगायतका सामाजिक सञ्जाल ह्याक भएको हुनसक्ने भन्दै आत्तिएपनि यस्तो समस्या व्यापक रुपमा देखिएको हो ।

फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।

यो समस्या हाल विश्वभर भएको देखिएको छ।

अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। प्रयोगकर्ताहरुले स्वचालितरुपमा लग आउट भएको बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ