फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा किन आयो समस्या ?

Meta-social-1

मेटा मातहतका सोसल मिडिया प्लेटफर्म फेसुबक, मेसेन्जर, इन्स्टाग्राम र थ्रेड विश्वभर नै अवरुद्ध भए । यो सँगै करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेनन् ।

नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भए । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएन । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अवरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् ।

‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा भनेका थिए । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् ।

तथापि विश्वभर फेसबुक र उसका भगिनी प्लाटफर्महरु एकसाथ अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् । मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएप भने चलिरहेको थियो ।

यसअघि सन् २०२१ मा फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप ६ घण्टाभन्दा बढी समय  अवरुद्ध भएको थियो । त्यस समयमा  फेसबुक ब्याकबोन राउटरहरूमा कन्फिगरेसन परिवर्तन हुँदा समस्या आएको बताएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ