त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार

bus-acc

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस आज बिहान ४ः४१ बजे त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

ज्यान गुमाउनेमा पाँच पुरुष र एक महिला छन् । ३८ जना यात्रुको उद्धार गरिएको छ । सात जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको तथा अरुहरुको भने गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको धादिङ प्रहरीले जानकारी दिएको छ ।

बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । ज्यान गुमाउनेको पहिचान खुल्न सकेको छैन ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ