आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

gold_design

पोखरा । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन ५०० रुपैयाँले बढेको छ।

बुधबार छापावाल सुन प्रतितोला रु एक लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला रु एक लाख २३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला रु ५ रुपैयाँले घटेर रु एक हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ