त्रिशुलीमा बस दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार

त्रिशुलीमा बस दुर्घटना : मृतकको सङ्ख्या ७ पुग्यो, ४१ जनाको उद्धार

bus-accident

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । ४१ जना यात्रुको उद्धार गरिएको छ । उनीहरुमध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।

अरुहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचार भैरहेको छ । कपिलवस्तुबाट काठमाण्डौका लागि छुटेको लु२ख २१२१ नम्बरको बस बिहान ४ बजेर ४० मिनेटमा धादिङको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो ।

बसमा ५१ जना यात्रु र चालक रहेको प्रारम्भिक विवरण छ । प्रहरीका अनुसार एक महिला र ६ जना पुरुषसहित ७ जनाको शव फेला परेको छ । ज्यान गुमाउनेको परिचय अझै खुल्न सकेको छैन ।

बसचालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका–९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ