पोखराको पृथ्वीचोकबाट जुवातास खेल्दै गरेका ७ जना झन्डै १ लाख नगदसहित पक्राउ

पोखराको पृथ्वीचोकबाट जुवातास खेल्दै गरेका ७ जना झन्डै १ लाख नगदसहित पक्राउ

juwa-1

File Photo

पोखरा। पोखराको पृथ्वीचोकबाट जुवातास खेल्दै गरेका ७ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -८ पृथ्वीचोकस्थित होटल प्यालेसमा जुवातास खेलिरहेका ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उक्त होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले स्याङजा घर भइ हाल पोखरा -१७ बस्दै आएका ५२ वर्षीय नारायण रानासहित ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट नगद ९८ हजार ६ सय २५ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ । भने, उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ