काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा शर्तसहित सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
बैठकले मन्त्रालय लिन सरकारसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
वार्ता टोलीमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र प्रमेश हमाल रहेको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए।
उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एसले गरे पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिखेर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई वालुवाटारमा कुरिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरे पछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जानेछन् ।
हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शिर्ष नेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाइ आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन् ।
तर, आज प्रधानमन्त्री प्रचण्डलाइ भेटन वालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनाले भने प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए । सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनले देशको स्वाधीनता खतरामा पर्यो: उपेन्द्र यादव
रबिले भने: अप्ठेरो पर्यो भने त्यसलाई सम्हाल्न सक्ने गार्जियनसिप हाम्रो पार्टीसँग छ
देउवा २८ गते काठमाडौं उत्रिने, नेता कार्यकर्ता स्वागत गर्न विमानस्थलमै पुग्ने
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण