सुनको मूल्यमा नयाँ कीर्तिमान

सुनको मूल्यमा नयाँ कीर्तिमान

gold_

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन १ हजार ५०० रुपैयाँले बढेको छ।

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि बुधबार छापावाल सुन प्रतितोला रु एक लाख २३ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला रु एक लाख २२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेर रु एक हजार ४७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ