पोखरा । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी” भन्ने मूल नारासहित पोखरामा लैङ्गिकताको सवालमा मिडियाको भूमिका विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ कास्की, सञ्चारिका समूह गण्डकी, इन्सेक गण्डकी, महिला मानव अधिकार रक्षक संजाल कास्कीको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विनाकुमारी थापाले महिलाहरुलाई लिएर पछिल्लो समय अधिकार धेरै भएको भन्नेजस्ता नकारात्मक टिप्पणीहरु आउन थालेको बताउँदै महिला अधिकारको प्रभावकारी कार्यन्वयन हुन नसकेको बताईन् । उनले महिला अधिकार संरक्षण, हिंसा नियन्त्रण र कानुन कार्यन्वयनमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भुमिका खेल्नुपर्ने उल्लेख गरिन् ।
यस्तै, प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले महिलाहरु समाचार हेडलाइनबाट समेत हिंसामा पर्ने गरेको बताईन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले विस्तारै महिलाहरु नेतृत्व तहमा आउने क्रम बढीरहेपनि त्यो पर्याप्त नभएको बताईन् । उनले नेतृत्वकर्ताले विपन्न सम्पन्न, सवल दुर्वल सबैलाई समेटेर अघि बढ्न प्रेरणा दिनुपर्ने बताईन् ।
कार्यक्रममा ईन्सेक कार्यक्रम अधिकृत सबनम शर्माले गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा सबैभन्दा धेरै मानवअधिकार हनन् तथा ज्यादतीका घटना हुने गरेको बताईन् ।
सञ्चारिका समूह गण्डकीका अध्यक्ष कविता श्रेष्ठले महिलाका मुद्दा राष्ट्रिय मुद्दा भएकोले यसप्रति हरेक निकायले सजगता अपनाउनुपर्ने बताईन् । साथै उनले समता र समावेशिताको अवधारणालाई कार्यान्वयन पोखरा स्थित सम्पुर्ण सञ्चार गृहलाई आग्रह गरिन् ।
कार्यक्रममा नेपाल प्रेस काउन्सिलका सदस्य भण्डारीले समाचारमा लैङ्गिक संवेदनशीलताका विषयलाई कसरी सम्प्रेषण गर्ने र यसले कस्तो प्रभाव पार्छ ? भन्ने विषयमा सहजीकरण गरेका थिए भने इन्सेक गण्डकीका कार्यक्रम अधिकृत शर्माले गण्डकी प्रदेशमा मानव अधिकारको चुनौति र सवालका बारेमा सहजिकरण गरेकी थिईन् ।
सञ्चारिका समुह गण्डकीका सचिव कविता घर्तीमगरले सञ्चालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना र जमुना वर्षा शर्मा, महासंघका सहसचिव श्रीराम सिग्देल, फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीषमगर, प्रेस युनियन कास्कीका उपाध्यक्ष ज्योति हमाल, नेवा मिसा पुचः कास्कीकी अध्यक्ष अनिशा श्रेष्ठलगायत कास्कीमा रहेका विभिन्न सञ्चारमाध्ययममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो