गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य

गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले अधिवेशन अन्त्य गर्न सिफारिस गरे

Gandaki Pradesh Sabha 1

पाेखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन ३ दिन चलेर अन्त्य भएको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषद्ले अधिवेशन अन्त्य गर्न बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सिफारिस गरेको हो ।

शुक्रबार रातिदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयलाई पठाएको संसद सचिवालयका सूचना अधिकारी प्रेम अधिकारीले जानकारी दिए ।

फागुन १६ गतेदेखि सुरु भएको गण्डकीको हिउँदे अधिवेशनमा २० र २१ गते पनि बैठक बसेको थियो ।

आमसञ्चार विधेयक र बिउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित भएसँगै अधिवेशन पनि अन्त्य भएको हो ।

प्राइभेट फर्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्न बनेको विधेयक छलफलका लागि पेश भएको थियो ।

सत्ताको रस्साकस्सीबीच अधिवेशन अन्त्य गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रदेश मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मंगलबार २ जना माओवादी मन्त्रीलाई बर्खास्त गरेका थिए भने मा‌ओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकीमा कांग्रेसका २७ सांसद छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds