अस्पतालमा टिकट काट्न लाइनमा बस्दाबस्दै बिरामीको मृत्यु

अस्पतालमा टिकट काट्न लाइनमा बस्दाबस्दै बिरामीको मृत्यु

mrita fela

चितवन । चितवनको ‘बकुलहर रत्ननगर अस्पताल’मा टिकट काट्न लाइनमा बसेका एक युवकको मृत्यु भएको छ।

आइतबार बिहान मुटु जाँचका लागि टिकट काट्न लाइनमा बसेका रत्ननगर नगरपालिका– ३ लौरीघोलका ३४ वर्षीय जीवनबाबु थापामगरको मृत्यु भएको हो।

बिहान १० बजेतिर लाइनमा बसेका उनी अचानक बेहोस भएर ढलेका थिए। तुरुन्त उठाएर उनलाई अस्पतालको आकास्मिक कक्षमा पु¥याउँदा मृत्यु भइसकेको अस्पताल प्रशासनले बताएको छ।

अस्पतालका डाक्टरहरुले थापामगरको हृदयाघात भएर मृत्यु भएको अनुमान गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ