पोखरामा लागूऔषध सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

पोखरामा लागूऔषध सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

pakrau

पोखरा । पोखरामा लागूऔषध सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका –२० भलाम वस्ने वर्ष २७ का छावा भन्ने रोशन अधिकारी रहेका छन् ।

गत कार्तिक १७ गते कास्की जिल्ला अदालतले लागूऔषध सम्बन्धी मुद्दामा २ वर्ष ६ महिना कैद सजाय र १ लाख ६ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नु पर्ने फैसला गरेको थियो ।

प्रहरीका अनुसार अधिकारी २ वर्ष १ महिना २५ दिन कैद सजाय र जरिवाना र पीडित राहत कोषको समेत गरी जम्मा १ लाख १० हजार २४० रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रही हालसम्म फरार रहेका थिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जिल्ला अदालत कास्कीमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ