होस्टलकी छात्रालाई कुटपिट गरी मध्यरातमा निकाल्ने सञ्चालिका मधु फरार, जाहेरीपछि खोज्दै प्रहरी

होस्टलकी छात्रालाई कुटपिट गरी मध्यरातमा निकाल्ने सञ्चालिका मधु फरार, जाहेरीपछि खोज्दै प्रहरी

Madhu-Regmi-Moonlight

नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकाल्ने महिलाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता भएको छ ।

विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मीविरुद्ध पीडित विद्यार्थीले जाहेरी दिएको विराटनगरस्थित नर्सिङ क्याम्पसकी मेनुका भण्डारीले बताइन् ।

उनले हिजो विद्यार्थीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी थिइन् ।

होस्टलकी सञ्चालक मधुले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओमार्फत् सार्वजनिक भएको छ ।

जाहेरी परेपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान थालेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफूविरुद्ध उजुरी परेपछि होस्टेल सञ्चालक मधु फरार भएकी छिन् ।

नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)

भिडिओ भाइरल भएलगतै उनले मोबाइल अफ गरेकी थिइन्, फेसबुक डिएक्टिभ गरेकी छिन् । कतिपयले भने उनी काठमाडौं भागेको बताएका छन् ।

होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने जनाउँदै अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।

तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि होस्टल छाड्दै थिइन् । तर कहिले छाड्ने भन्ने टुङ्गो थिएन । तर, होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा माग्दै विद्यार्थीलाई लछारपछारी थिइन् । घटनापछि त्रासमा रहेका विद्यार्थी बिरामी भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ