नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकाल्ने महिलाविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता भएको छ ।
विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मीविरुद्ध पीडित विद्यार्थीले जाहेरी दिएको विराटनगरस्थित नर्सिङ क्याम्पसकी मेनुका भण्डारीले बताइन् ।
उनले हिजो विद्यार्थीले अग्रिम पैसा नदिएको भन्दै नर्सिङ छात्रालाई कुटपिट गर्दै निकालेकी थिइन् ।
होस्टलकी सञ्चालक मधुले अग्रिम रूपमा भाडा माग्दै छात्रालाई कुटपिट गरेर किताब कापी फ्यालेको घटना सामाजिक सञ्जालमा भिडिओमार्फत् सार्वजनिक भएको छ ।
जाहेरी परेपछि मोरङ प्रहरीले घटनाको अनुसन्धान थालेको छ । कारबाही प्रक्रिया अगाडि बढाएको छ । आफूविरुद्ध उजुरी परेपछि होस्टेल सञ्चालक मधु फरार भएकी छिन् ।
नर्सिङ पढ्ने छात्रालाई कुटपिट गरी मध्यरातमा होस्टलबाट निकालियो, किताब-कपडा पनि यसरी फालिन् सञ्चालकले (भिडिओ)
भिडिओ भाइरल भएलगतै उनले मोबाइल अफ गरेकी थिइन्, फेसबुक डिएक्टिभ गरेकी छिन् । कतिपयले भने उनी काठमाडौं भागेको बताएका छन् ।
होस्टल सञ्चालक रेग्मी आफू काठमाडौं जानुपर्ने जनाउँदै अग्रिम रूपमा भाडा माग्न मंगलबार साँझ ६ बजेतिर होस्टल पुगेकी थिइन् ।
तर, नर्सिङकी विद्यार्थीले केही दिनपछि होस्टल छाड्दै थिइन् । तर कहिले छाड्ने भन्ने टुङ्गो थिएन । तर, होस्टल सञ्चालक रेग्मीले महिना दिनको पुरै भाडा माग्दै विद्यार्थीलाई लछारपछारी थिइन् । घटनापछि त्रासमा रहेका विद्यार्थी बिरामी भएका थिए ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन