काठमाडौं । सत्ता गठबन्धन फेरिएपछि नियुक्त भएका तीन प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शीतलनिवासमा भएको एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त प्रदेश प्रमुखले शपथ लिएका हुन् ।
शपथ लिनेमा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ, मधेश प्रदेश सुमित्रा भण्डारी सुवेदी र गण्डकी प्रदेशमा डिल्लीराज भट्टले रहेका छन् ।
उनीहरुलाई सोमबारको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको थियो ।
को हुन् प्रदेशका नयाँ प्रमुख भट्ट ?
गण्डकीका प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट सुदूरपश्चिमकै पुराना वामपन्थी नेताका रूपमा चिनिन्छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए ।
जित्ने अवस्थामा राष्ट्रिय सभाको उम्मेदवारको सूचिमा नअटाएका एमालेका तिनै पुराना नेता भट्ट हार्ने बेला भने पार्टी नेतृत्वको पहिलो रोजाइमा परे । र, उम्मेदवार बनाइए । परिस्थिति प्रतिकुल भए पनि पार्टी निर्णय उनले सहर्ष स्वीकार गरे । अन्ततः पराजित पनि भए ।
हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका उनै ७६ वर्षीय भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रदेश प्रमुख बनाएर न्याय गरेका छन् ।
वि.सं. २००४ सालमा डोटीको जोरायल गाउँपालिका रिठामा जन्मिएका भट्ट हाल धनगढी उपमहानगरपालिका बस्दै आएका छन् ।
२०२६ सालमा पार्टी सम्पर्क पुगेका भट्टले २०२८ सालमा पार्टीको सदस्यता लिए । २०३० देखि ०४६ सालसम्म भूमिगत भएर नेकपा मार्क्सवादीमा सक्रिय रहेका उनी २०४८ सालमा नेकपा एमालेसँग एकीकरण भएपछि डोटी जिल्ला संयोजक भए । एकीकरणपछि गठन भएको नेकपा एमालेको पहिलो जिल्ला संयोजकका रूपमा एक वर्ष काम गरेका भट्ट त्यसपछि भएको निर्वाचनमा जिल्ला कमिटीको उपसचिव भए ।
त्यही क्रममा २०५१ सालमा सुकुम्वासी समाधान आयोगको डोटी जिल्ला अध्यक्ष भए । पछि उनी पार्टीको जिल्ला सचिवमा निर्वाचित भए ।
२०५६ सालमा एमालेले भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । तर उनी नेपाली काँग्रेसका उम्मेदवार सिद्धराज ओझासँग पराजित भए । उनी निरन्तर पार्टीका लागि खटिइरहे ।
भट्टले नेकपा एमालेको सेती अञ्चल कमिटी स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि गठन भएको नेकपाका उनी सुदूर पश्चिम अनुशासन आयोग प्रमुख समेत भए ।
सम्बन्धित खबर
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले बनायो सम्मानित वरिष्ठ नेता
डोल्पाको जुफालमा अवतरणका क्रममा सीता एयरको विमानको चक्का फुत्कियो
रास्वपा पपुलिजम र अराजकताको जगमा उभिएको शक्ति हो, सफल हुँदैन: प्रदीप ज्ञवाली
बालेनबाट कार्यवाहक प्रधानमन्त्री पाएको भोलिपल्टै राष्ट्रपति भेट्न पुगे अर्थमन्त्री वाग्ले
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन