पोखरा । गण्डकी प्रदेशमा फुटबल संघले प्रदेश खेलकुद परिषदमा आधिकारिक मान्यता पाएको छ ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता भए पछि संघले मान्यता पाएको हो । गत जेठमा गोरखामा सम्पन्न भेलाले दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमिति गठन गरिएको भए पनि ९ महिना ढिलो परिषदमा दर्ता भएको हो ।
प्रदेश खेलकुद परिषद गण्डकीमा दर्ता गरिएको कार्यसमिति १३ सदस्यिय छ भने रिक्त एक कार्यसमिति सदस्यमा परिषदले मनोनयन गर्नेछ । संघको उपाध्यक्षद्वयमा तारा बहादुर गुरुङ र जयराज भण्डारी, महासचिवमा विनोद गुरुङ, कोषाध्यक्षमा डिलकुमारी घिमिरे, सहमहासचिवमा सुमन गुरुङ र सदस्यहरुमा सन्दिप पन्थी, निपेन्द्र श्रेष्ठ, कुशुमराज बराल, भिजन श्रेष्ठ, थम बहादुर गुरुङ, अमृत भण्डारी र विष्णुप्रसाद न्यौपाने रहेका छन् ।
ढिलो गरी प्रदेश फुटबल संघ परिषदमा दर्ता भए पछि सदस्य सचिब शर्माले खुसी व्यक्त गरेका छन् । उनले भने–“राष्ट्रिय खेलकुद ऐनले ब्यवस्था अनुसार कुनै पनि केन्द्रिय खेलकुद संघले आधिकारिकता पाउन चार वटा प्रदेशमा अनिवार्य दर्ता हुनपर्ने प्रावधान छ । सात प्रदेश मध्ये गण्डकी प्रदेश फुटबल संघ गण्डकीमा दर्ता हुने पहिलो फुटबल संघ समेत् हो ।”
कुनै पनि खेल संघले राष्ट्रिय मान्यता पाउन अनिवार्य प्रदेश खेलकुदमा दर्ता हुनुपर्ने ऐनमा स्पष्ट ब्यख्या समेत ऐनले गरेकोले फुटबलको संस्थागत विकास, दिगोपनका लागि गण्डकी फुटबल संघले पहिलो पाइला चालेको सदस्य सचिब शर्माले बताए । “हामी खुसी छौं । परिषदमा फुटबल संघ दर्ता भएको छ । यसले प्रदेशको फुटबलको विकासमा परिषद संग हातेमालो गर्दै अघि बढ्नेछ”, उनले भने ।
यहि फागुन २१ गते बसेको परिषदको कार्यकारी समितिको बैठक तथा ११ वटै जिल्लाका अध्यक्ष र जिल्लाका कार्यालय प्रमुखहरुको समिक्षा गोष्ठिबाट जिल्ला खेलकुद विकास समिति अन्तर्गत जिल्ला खेल संघ र र परिषद अन्तर्गत प्रदेशमा गठन भएका खेल संघहरुलाई चैत्र महिना भित्र अनिवार्य दर्ता, नविकरण र साधारणसभा गर्ने आह्वान गरेको छ । बैठकले दर्ता र नविकरण नगरेमा खेल संघहरुको लेटर प्याड र छाप प्रयोग गर्न नदिने भएको छ । यदि कुनै खेल संघले दर्ता, नविकरण र साधारणसभा बिना लेटरप्याड र छाप प्रयोग गरेमा कानुनी कार्वाही गर्ने सदस्य सचिव शर्माले जनाए ।
“परिषदले खेलकुदमा संस्थागत दिगोपना र शुसासनलाई अभियानको रुपमा स्थापित गर्न खेल संघहरुलाई दर्ता, नविकरण र साधारणसभा गर्ने कार्यलाई अघि बढाएको छौं”, उनले भने–“एन्फा गण्डकी पनि सोही अभियान अन्तर्गत दर्ता भएको हो । प्रदेश खेलकुद परिषदले प्रदेशस्तरिय खेल संघहरु, जिल्ला खेल संघहरु, स्थानिय क्लव र संघसंस्थाहरुलाई नविकरण र दर्ता गर्ने संगै एकिकृत रुपमा वार्षिक कार्ययोजना क्यालेण्डर बनाएर अघि बढ्न समेत आह्वान गरेको छौं ।”
यो अभियानले प्रदेशमा एकिकृत रुपमा खेलकुद विकासको मुलधारमा ल्याउन सहयोग पुग्ने संगै प्रदेश खेलकुद परिषद, जिल्ला खेलकुद विकास समिति, खेलसंघहरुमा सुशासन, पारदर्शिता सार्वजनिक जवाफदेहिता संस्थागत विकासमा टेवा पुग्नुका साथ–साथै खेलकुद संघ संस्थातर्फ आममानसमा विश्वास पैदा भइ खेल संस्कृती र खेल संस्कार, खेलकुदले विकासले गति लिने सदस्य सचिव शर्माको भनाई छ ।
सम्बन्धित खबर
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
बिटी कपमा सेमिफाइनल समिकरण पूरा, फाइनल खेल बिहीबार
ट्वान्टी–२० विश्वकप : नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित
माघ २७ देखि आहा ! रारा पोखरा गोल्ड कप
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु