गण्डकी प्रदेशमा कुस्ती संघ गठन

गण्डकी प्रदेशमा कुस्ती संघ गठन

WhatsApp Image 2024-03-13 at 16.52.47_bf19eb75

पोखरा । गण्डकी प्रदेशमा कुस्ती संघ गठन भएको छ । गण्डकी प्रदेशमा कुस्ती खेलको विकास एवं प्रवर्द्धन गर्न पोखरामा बुधबार सम्पन्न भेलाले उत्तर कुमार श्रेष्ठको अध्यक्षतमा सात सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

त्यसै गरी संघको उपाध्यक्षमा योगिता शाहनी, सचिवमा दिपक प्रसाद पौडेल, कोषाध्यक्षमा डिल्लिराम सुबेदी रहेका छन् भने कार्यसमिति सदस्यमा दिपक बस्ताकोटी, खड्ग श्रेष्ठ र नम्रता गुरुङ रहेका छन् ।

सो अवसरमा नवगिठत कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका पूर्व सांसद दिपक कोइरालाले नवगठित कार्यसमितिलाई अवसर र चुनौती दुबै रहेको जनाउँदै खेलकुद विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको औल्याएका ।

प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले गण्डकी प्रदेशमा कुस्ती संघ गठन हुनुले प्रदेशको कुस्ती खेल विकासले गति लिने जनाउँदै आगामी दशौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

नेपाल कुस्ती संघका केन्द्रिय सदस्य नविन आचार्यको अध्यक्षतामा भएको भेलामा बडी विल्डिङ संघका केन्द्रिय कोषाध्यक्ष बलराम सुवेदीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds