बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य

silver-gold

पोखरा । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८०० रुपैयाँले बढेको हो।

बिहीबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख २५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि, बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर १ हजार ५१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार चाँदी तोलाको १४६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ