उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु

1710413889322

उदयपुर । उदयपुरमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । अन्य आठ जना घाइते भएका छन् ।

धरानबाट भोजपुरको दक्षिण घोरेटारतर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार जीपमा १४ जना सवार रहेका थिए ।

जीप चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds