पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

पुटिन पाँचाैँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित

८८ प्रतिशत मत, विपक्षीलाई नियन्त्रण र कैदमा राखेर गराइएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको दाबी

putin

काठमाडौं । करिब ८८ प्रतिशतसहित भ्लादिमिर पुटिन पुनः रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी नयाँ ६ वर्षे कार्यकाल थाल्ने तयारीमा छन् ।

पूर्वलेफ्टिनेन्ट कर्णेल पुटिन सन् १९९९ मा पहिलोपटक सत्तामा आएका थिए । नयाँ कार्यकाल थाल्ने तयारीमा रहेका पुटिनले युक्रेनमा रुसी सेना पठाउने आफ्नो निर्णय सही भएको दाबी गरेका छन् ।

पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम) पोलस्टरद्वारा गरिएको एक्जिट पोलका अनुसार पुटिनले ८७ दशमलव ८ प्रतिशत भोट जितेका छन्, जुन रुसको सोभियत संघको इतिहासमा अहिलेसम्मकै उच्च परिणाम हो। तर, पश्चिमा मुलुकहरुले भने निर्वाचनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् ।

अमेरिका, जर्मनी, बेलायत लगायत मुलुकले विपक्षीलाई नियन्त्रण र कैदमा राखेर गराइएको मतदान स्वतन्त्र र निष्पक्ष नभएको दाबी गरेका छन् ।

पुटिन ३ दशकदेखि शक्तिमा छन् । यसअघि प्रत्येक चार वर्षमा राष्ट्रपति पदका लागि निर्वाचन हुन्थ्यो । तर सन् २००८ मा कार्यकालको अवधि छ वर्षका लागि थप गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ