काहुँडाँडाको डढेलोः बस्तीमा जोखिम टर्‍यो, बन्यजन्तु र चराचुरूङ्गीलाई संकट

डढेलो

काहुँडाँडाको डढेलोः बस्तीमा जोखिम टर्‍यो, बन्यजन्तु र चराचुरूङ्गीलाई संकट

manipal near dadhelo

पोखराको काहुँडाँडामा सोमबार साँझदेखि लागेकाे भीषण डढेलो कम भएर  बस्तीमा जोखिम टरेको छ । तत्काललाई मानवीय बस्तीबाट जोखिम टरे पनि पूर्णरुपमा आगो नियन्त्रणमा आइसकेको छैन ।

स्थानीयका अनुसार १, २ दिन अगाडि देखि नै काहुँडाँडाँका झाडीहरूमा आगो लागिरहेको थियो तर सोमबार एकाएक भीषण रुप लिएको हो । पोखराको मणिपाल शिक्षण अस्पताल नजिकैसम्म डढेलो फैलिएको थियो ।

पोखराको मुख्य बजारबाटै भीषण रुपममा देखिएको डढेलो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी  र स्थानीयको प्रयासले पनि नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

बस्तीनजिक आगो आइपुगेपछि मानिसहरु जागै बसिरहेका थिए भने पोखरा बजारबाट आगो नियन्त्रण गर्न अन्य नागरिक पनि पुगेका थिए । बस्तीमा आगो आउन नदिन अग्नीरेखा बनाइएको थियो ।

स्थानीय भरत आचार्यका अनुसार आगोबाट बस्ती जोगिए पनि बन्यजन्तु र चराचुरुंगीमा भने ठूलो नोक्सानी पुर्‍याएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार डढेलो नियन्त्रणमा २ वटा दमकलसहित ठूलो संख्यामा प्रहरी, सशत्र, नेपाली सेना परिचालन भएका थिए तर सबै ठाउँमा दमकल पनि नजाने भएकाले समयमै आगो नियन्त्रण गर्न अप्ठेरो परेको हो ।

लामो समयदेखि पानी नपरेर खडेरी परेकाले पनि आगोले भीषण रुप लिएको थियो ।

सहर नजिक र बस्ती पनि नभएकाले काहुँडाँडामा लागुऔषध प्रयोगकर्ताहरुको थलो बनिरहेको छ र त्यही क्रममा आगो सल्किएको हुनसक्ने अनुमान स्थानीयको छ । तर, प्रहरीले भने कारणकाके खोजी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ