विवादका कारण स्थगित एमाले कास्की अधिवेशनकाे प्रतिनिधि छनोट बुधबार

विवादका कारण स्थगित एमाले कास्की अधिवेशनकाे प्रतिनिधि छनोट बुधबार

लोगो सार्वजनिक

uml kaski

नेकपा एमाले जिल्ला कमिटी कास्कीको चैत १० र ११ गते हुने ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट बुधाबार हुने भएको छ ।

विवादका कारण रोकिएको प्रतिनिधि छनोट बुधबार हुन लागेको एमाले कास्कीका सचिव बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

यसअघि, चैत ३ गते प्रतिनिधि छनोटको मिति तय गरिएको थियो । तर, विवाद हुँदा एमाले केन्द्रीय संगठन विभागले तत्काल प्रतिनिधि छनोट नगर्न निर्देशन दिएपछि प्रतिनिधि छनोट रोकिएको थियो । जिल्ला कमिटी कास्कीको सोमबार बसेको बैठकमा सहमति गर्दै प्रतिनिधि छनोट बुधबार गर्न निर्णय भएको हो ।

यसअघि अध्यक्ष मनबहादुर गुरुङको सर्कुलरप्रति जिल्ला इन्चार्ज तथा स्थायी कमिटी सदस्य थममाया थापा, जिल्ला सचिव बैनबहादुर अधिकारी क्षेत्रीसहितका पदाधिकारीले असहमति जनाएका थिए ।

जिल्ला कमिटीको सोमबार बसेको बैठकले ३० जना बराबर थप एक जना प्रतिनिधि चयन गर्नुपर्ने निर्णय गरेसँगै चुनाव प्रक्रिया सुरु भएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जिल्ला कमिटी अध्यक्ष गुरुङले बताए ।

अधिवेशनको उद्घाटन चैत १० गते सभागृहमा हुनेछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने जनाइएको छ ।

लोगो सार्वजनिक

यसैबीच,  एमाले कास्कीको ११औं अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । प्रचार प्रसार तथा प्रकाशन विभागका प्रमुख एवं उपसचिव दर्शन लामाले लोगो सार्वजनिक गरिएको जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ