नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

road-accident-1597561408

नवलपुर । नवलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

बुधबार राति १ बजे मध्यविन्दु ११ दमार चोकस्थित भित्रि सडक खण्डमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यबिन्दु नगरपालिका ११ का ३० वर्षीय अनिल बिकको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मध्यविन्दु ११ का २५ वर्षीय अजय ठकुरी र मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर बिक घाइते भएका छन् । ठकुरीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन रेफर गरिएको छ भने विकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ