सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

silver-gold

पोखरा । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो।

महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेर १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ