गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

गण्डकी पारा खेलकुदका सम्पूर्ण इभेन्टहरु सम्पन्न

viber_image_2024-03-23_18-32-09-283

पोखरा । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पूर्ण इभेन्टहरु शनिबार पोखरा रंगशालमा सम्पन्न भएका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रंगशालामा महिला पुरुष दृष्टिबिहिन क्रिकेट, बहिरा पुरुष भलिबल, ह्विलचयर पुरुष बास्केटबल, ह्विल चियर टेबुल टेनिस, बहिरा महिला व्याडमिन्टन र बहुअपङ्गता बोसियाका खेलहरु सम्पन्न भएका हुन् ।

प्रतियोगिता अन्तर्गत ह्विलचियर बास्केटबल पुरुषतर्फ हरियो खर्क अस्पताल बिजेता बनेको छ भने उपविजेता नवलपुर ह्विलचियर टिम र तेस्रो स्थान पोखरा महानगर पालिका ह्विलचियर टिम बनेको छ । बिजेता टिमले बिजेता, उपबिजेता र तेस्रो स्थान प्राप्त गर्ने टिमले क्रमश नगद रु २५ हजार १५ र १० हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे प्रतियोगितामा सुरेश गौली उत्कृष्ट र हाइस्कोरर भरत बानियाँ भएका छन् । उनीहरुले जनही नगद १ हजारका साथमा ट्रफी प्राप्त गरे ।

त्यसै गरी दृष्टिबिहिन पुरुष क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा टिम ए का सुनिल राना म्यान अफ दि म्याच भए । उनले नगद रु १ हजार ५ सयका साथमा ट्रफी हात पारे । त्यस्तै बी–३ तर्फ लोक बहादुर थापा, बी–२ तर्फ सुनिल राना र बी–१ तर्फ शेरजन गुरुङ उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका साथमा ट्रफी प्राप्त गरे ।

त्यसै गरी दृष्टिबिहिन महिला क्रिकेटतर्फ दुई टिम सहभागि मध्ये गण्डकी ‘ए’ सम्मिलित टिम विजयी भएको छ । उसले नगद रु २८ हजार प्राप्त गर्दा गण्डकी ‘बी’ टिम दोश्रो हुँदै नगद १४ हजारका साथ ट्रफी हात पारेको छ । खेलमा टिम ए की विनिता पुन म्यान अफ दि म्याच भइन् । उनले नगद रु १ हजार ५ सयका साथमा ट्रफी हात पारिन् । त्यस्तै बी–३ तर्फ विनिता पुन, बी–२ तर्फ भगवती भट्टराई र बी–१ तर्फ सुष्मा तामाङ उत्कृष्ट हुँदै जनही नगद रु १–१ हजारका साथमा ट्रफी प्राप्त गरे ।

यस्तै बहिरा पुरुष भलिबलतर्फ बागलुङ सम्मिलित टिम बिजयी भएको छ भने पोखराले उपविजेतामा चित्त बुझाएको छ । बागलुङले नगद २० हजार र पोखराले नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यसै गरी ह्विलचियर टेबुल टेनिसमा क्रमश धना मगर, लक्ष्मी सुनार, अन्जु बराल र अञ्जना के.सी क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

बहिरा महिला ब्याडमिन्टन प्रतियोगितामा शारदा थापा, सरिता उपाध्याय, कमला मगर र मलिना श्रेष्ठ क्रमश.पहिलो, दोस्रो, तेस्रो र चौथो बने । उनीहरुले क्रमश जनही नगद रु ५ हजार, ३ हजार २ हजार र १ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । गण्डकी प्रदेश पारा खेलकुद अन्तर्गत सम्पन्न बहुअपाङ्गता बोसिया प्रतियोगितामा ६ टिमको सहभागिता रहेको थियो ।

यस अघि प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङले गरेका थिए । प्रतियोगितामा बिजेता खेलाडी तथा टिमहरुलाई प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, प्रदेश खेलकुदका सदस्य विष्णुमायाँ गुरुङ, कार्यालय प्रमुख तोपलाल भुसालले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

चैत्र ७ गते र १० गते गरी दुई चरणमा सम्पन्न उक्त पारा खेलकुद प्रतियोगितामा ३ सय वढि खेलाडीहरुले विभिन्न ८ वटा इभेन्टमा सहभागिता जनाएको प्रदेश खेलकुदका सदस्य एवं प्रतियोगिताका संयोजक अमृत बरालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ