स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा नौ जना घाइते

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा नौ जना घाइते

jeep

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग२च ७४७९ नं.को बलेरो जीप ब्रेक फेल भइ सडकबाट २० मिटर तल सोही सडकको तल्लो खण्डमा खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जीप चालक स्याङजा वालिङ–११ जोहानखोलाका ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, वालिङ–१० की ३२ वर्षीया शुकमाया सुन्धौली, उनका छोरा बर्ष १३ का संगम सुन्धौली, वालिङ–११ छत्युन बस्ने १९ वर्षकी नम्रता खत्री घाइते भएका छन् । उनीहरुको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यस्तै, घाइते भएका वालिङ–११ छत्युनका ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीय लाटी मगर, भिरकोट नगरपालिका–५ स्वरेककी ३० वर्षीया विन्दु खवास, वालिङ–११ जुहानखोलाकी ३६ वर्षीया हुमकला पंगेनी र वालिङ–११ भकभकाकी १७ वर्षीया करिना खवासको भने पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ