चिकित्सा शिक्षा आयोगले झापाको बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च रेन्टरलाई सम्बन्धन दिने सैद्धान्तिक सहमति दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको आयोगको बैठकले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन सैद्धान्तिक सहमति दिएको हो ।
शिक्षा ऐनको दफा १३ को उपदफा ६ अनुसार प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको बैठकमा सहभागी आयोगका एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार शिक्षा ऐनले बीएण्डसीलाई सम्बन्धन दिन रोक्दैन ।
‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३ (६) मा ऐन जारी हुनुअघि मनसाय पत्र लिई मापदण्ड पूरा गरेका काठमाडौं उपत्यकाबाहिरका शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरेबमोजिम हुने व्यवस्था छ,’ ती पदाधिकारीले भने, ‘बीएण्डसीलाई सम्बन्धन दिन ऐनले रोकेको छैन ।’
तर, प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन लागिएको भन्दै डा. गोविन्द केसीलगायत चिकित्सकहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले आयोगले राजनीतिक प्रभावमा परेर प्रसाईंको अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन लागेको आरोप लगाउँदै आएका छन् ।
बीएण्डसीलाई मेडिकल कलेजको सम्बन्ध दिन लागिएको विरोधमा सोलिडारिटी फर गोविन्द केसी अभियानले प्रदर्शन गर्दै आएको छ ।
सम्बन्धित खबर
‘माइती घर’का नायक सिपी लोहनीको निधन
मुख्यमन्त्री अधिकारीको नियुक्तिविरुद्धको रिटमाथि सुनुवाइ जारी
रास्वपाका मिलन लिम्बूले आफ्नै वडामा सय भोट पनि कटाएनन्
सगरमाथा बेस क्याम्प जाने क्रममा इन्डोनेसियाली महिलाको मृत्यु
बझाङ प्रदेशसभा-१ मा एमालेका दमनबहादुर भण्डारी विजयी
बनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग