पोखरा । बासकोटमा जारी दोस्रो सेभेन ए साइड वडा अध्यक्ष कप २०८० को उपाधि सिर्जनशील क्लब ग्रिनले हात पारेको छ ।
आइतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउँदै नगद ५० हजार सिल्ड, ट्रफि, मेडल र प्रमाणप्रत्र प्राप्त गर्यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पायो ।
गत वर्षको विजेता रहेको लामागाउँलाई हराउँदै आयोजकको क्लबले कप जितेको हो ।
फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्यक्ष भरत बहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरिरहेको बताए ।
उनले बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । बासकोट खेलमैदानलाई वडाको मात्र खेल मैदान नभएर समग्र यस क्षेत्रको खेल मैदानको रुपमा विकास गर्न वडा लागि परेको बताए । विकास भनेको वाटो घाटो मात्र भन्ने सोच रहेको भन्दै अधिकारीले स्वास्थ्यको लागि खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।
चैत्र ९ गते देखि सञ्चालन भएको वडाध्यक्ष कपमा पोखरा महानगरपालिकाका वडा नं २३,२४ र १८ वडामा २० टिमको सहभागिता रहेको थियो ।
रङहरुको पर्व फागु पूर्णिमा (होली)को अवसर पारेर सिजनशील क्लब पोखरा २४ बासकोटले कपको आयोजना गरेको थियो । आगामी वर्ष पनि प्रतियोगिता गर्ने क्लबका अध्यक्ष शिव जिसिले बताए ।
प्रतियोगितामा सर्बोकृष्ट खेलाडी लामागाउँका सरोज तामाङ घोषित भए । उत्कृष्ट गोलकिपर सिर्जनशीलका आशिश दवाडी र सर्बाधिक गोलकर्ता भिम गौतम भए । उनीहरुले जनही २ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र पाए । अनुशासित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।
क्लब स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरिने क्लबले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’