पोखरा । बासकोटमा जारी दोस्रो सेभेन ए साइड वडा अध्यक्ष कप २०८० को उपाधि सिर्जनशील क्लब ग्रिनले हात पारेको छ ।
आइतबार भएको फाइनल खेलमा लामागाउँ एफसी ए लाई पेनाल्टी सुटआटमा हराउँदै नगद ५० हजार सिल्ड, ट्रफि, मेडल र प्रमाणप्रत्र प्राप्त गर्यो । दोस्रो भएको लामा गाउँले नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र पायो ।
गत वर्षको विजेता रहेको लामागाउँलाई हराउँदै आयोजकको क्लबले कप जितेको हो ।
फाइलन खेलको समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका २४ कास्कीकोटका वडा अध्यक्ष भरत बहादुर अधिकारीले कास्कीकोटले राम्रो खेलाडीहरु उत्पादन गरिरहेको बताए ।
उनले बासकोट खेलमैदानको भौतिक निमार्णमा अझै वडाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । बासकोट खेलमैदानलाई वडाको मात्र खेल मैदान नभएर समग्र यस क्षेत्रको खेल मैदानको रुपमा विकास गर्न वडा लागि परेको बताए । विकास भनेको वाटो घाटो मात्र भन्ने सोच रहेको भन्दै अधिकारीले स्वास्थ्यको लागि खेलमा गरेको लगानी पनि विकास नै भएको बताए ।
चैत्र ९ गते देखि सञ्चालन भएको वडाध्यक्ष कपमा पोखरा महानगरपालिकाका वडा नं २३,२४ र १८ वडामा २० टिमको सहभागिता रहेको थियो ।
रङहरुको पर्व फागु पूर्णिमा (होली)को अवसर पारेर सिजनशील क्लब पोखरा २४ बासकोटले कपको आयोजना गरेको थियो । आगामी वर्ष पनि प्रतियोगिता गर्ने क्लबका अध्यक्ष शिव जिसिले बताए ।
प्रतियोगितामा सर्बोकृष्ट खेलाडी लामागाउँका सरोज तामाङ घोषित भए । उत्कृष्ट गोलकिपर सिर्जनशीलका आशिश दवाडी र सर्बाधिक गोलकर्ता भिम गौतम भए । उनीहरुले जनही २ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र पाए । अनुशासित टिमको पुरस्कार फेवा क्लब पामेले प्राप्त गरेको छ ।
क्लब स्थापनाकाल देखि नै विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको छ । प्रतियोगिताबाट बचत भएको रकम बासकोट खेल मैदान निमार्णमा खर्च गरिने क्लबले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला